Logo

निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो



काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्