काठमाडौँ, २६ भदौ । आज (आइतबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्ने जनाएको छ । उक्त बैठक आज मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।
निलम्बित प्रधानन्यायाधीश जबराले आजको बैठकमा पनि बयान दिने कार्यसूची रहेको छ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले हालसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।
जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।






