Logo

निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी



काठमाडौँ, २८ भदौ । महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ ।

मङ्गलवार बसेको समितिको बैठकले आजसम्म बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउने बारेमा छलफल गरेको छ ।

समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको बताए ।

जबराले सर्वोच्च अदालतलाई दलहरूले सेटिङका आधारमा चलाउने गरेको, न्यायाधीशहरूले स्वार्थका आधारमा फैसला गर्ने गरेको, आफूले भनेअनुसारका फैसला नआएमा सिधा तथा घुमाउरो बाटोबाट न्यायाधीशहरूलाई सिध्याउने गरेको लगायतका आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्