Logo

निषेधाज्ञासँगै धरान प्रवेशमा कडाइ



सुनसरी, ९ भाद्र । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ ।

आज तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो ।

गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन् ।

र्‍यालीले  उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै  निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्