काठमाडौँ, २७ साउन । न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।
अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । प्रवक्ता मैनालीले भने पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको बताए ।






