धनुषा, १ भदौ । निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट मंगलबार बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दि ।
महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । राजपुतले डीएनए जाँचको मुख्य माग राखेकी छन् ।






