Logo

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज: वाग्ले



काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अलमल्लिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वकाङ्क्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरेका थिए ।

उनले भने, ‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो भन्छाैँ । परम्परा धानिएको पनि छ ।’

प्रतिक्रिया दिनुहोस्