Logo

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित



काठमाडौँ, १३ जेठ । सरकारको नीति तथा कार्यक्रम ०७९-८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव परेको थियो ।

प्रतिक्रिया दिनुहोस्