Logo

‘नेकपालाई सर्वोच्च अदालतले नभइ प्रचण्ड लगायतका नेताले फुटाएको हाे’



काठमाडौँ, ९ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतले विभाजन गरेको नभई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरूले फुटाएको बताएका छन् ।

एमालेको प्युठान-काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा नामको पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएकाले अदालतले नयाँ नाम लिएर आउन भनेको तर यही निहुमा प्रचण्ड लगायतका नेताहरुले फुटाएको बताए । अर्को नाम लिएर निर्वाचन आयोगमा जान आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उनले दाबी गरेका थिए ।

उनले योजनावद्ध रुपमा पार्टी विभाजन गरिएको दाबी गरे । २०७४ सालको आम निर्वाचनमा गठबन्धन गरेको एमाले र माओवादीबीच एकीकरण भएर २०७५ जेठमा नेकपा बनेको थियो । २०७७ फागुनमा सर्वोच्चको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए ।

प्रतिक्रिया दिनुहोस्