Logo

नेकपा एमालेका उम्मेदवार १९९ पालिका प्रमुखमा विजयी



काठमाडौँ, ९ जेठ । नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्