Logo

नेकपा एमालेले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र



काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनकि गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष कार्यक्रममा बीच घोषणा पत्र सार्वजनकि गरेका हुन् ।

एमालेले आज  नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय  कम्युनिष्ट पार्टीका योद्घालाई सम्मान गर्दै सँगसँगै चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको  छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पनि स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्