Logo

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ: अध्यक्ष ओली



काठमाडौँ, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने बताए ।

‘अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए? उद्देश्यहरू के थिए? किन विभाजन भयो? किन गरियो? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो? यी कुराहरू अलिकति आउनुपर्छ,’ ओलीले भने ।

उनले नेकपा विभाजन हुनुको कारण ‘स्वचालित थियो वा परिचालित के थियो?’ त्यसको विश्लेषण जरुरी रहेको बताए ।

‘विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी? केका लागि विभाजन भयो? के उद्देश्य थियो? त्यसमा आन्तरिक कारण कति थियो? बाह्य कारण कति थियो? स्वचालित कति थियो? परिचालित कति थियो?,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्