Logo

नेकपा सरकारले जनमतको सम्मान गर्न सकेन: थापा



उदयपुर, २६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् ।

नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको आरोप लगाएका छन् ।

नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीनवटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरेका थिए । थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहाँ गठबन्धन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्