Logo

नेताजीको नमस्कार !



जनकपुर, २ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए । रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे । सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात जोडरे नमस्कार गर्दै मन्द मुस्कानसमेत दिए । मेयर साहबाट बिहान-बिहानै नमस्कार पाउँदा ती स्थानीय पनि चकित भए र उनलाई नमस्कार फर्काए । त्यसपछि साहको गाडी तीव्र गतिमा अगाडि बढ्यो ।

मेयर साह नमस्कार गरेर फर्किसकेपछि स्थानीयमा चियोचर्चो हुन थाल्यो । सबैले एकै स्वरमा भने, ‘नेताजीले नमस्कार गर्न थाल्नुभो। अब नेताहरूलाई चुनाव लागे जस्तो छ ।’ साहको पछिल्लो साढे ४ वर्षको कार्यकाल उपलब्धीभन्दा विवादमै बढी बित्यो ।

हालसम्मको कार्यकालमा जनताको सम्पर्कमा आकल–झुक्कल मात्रै आउने र आफ्ना कार्यकर्ता वा चिनजानबाहेकका व्यक्तिहरूको फोनसमेत उठाउन नरुचाउने मेयर साह यसपालिको स्थानीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने दाउमा छन् । ‘

जनतासँग बिग्रेको सम्बन्धलाई उनी निर्वाचन नजिकिँदै जाँदा सुधार गर्न खोजिरहेका छन् । त्यसैले अलि बढी नमस्कार गर्न थालेका छन्,’ स्थानीय विजय साहले भने, ‘अब नेताजीहरूले बढी नै हालखबर सोध्नेछन् । चुनावसम्म मात्रै हो, यस्तो नमस्कारहरू ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्