Logo

नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने?: सभापति लामिछाने



काठमाडौँ, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष? टिकटकका सबै प्रयोगकर्ता र विषय खराब छैनन् ।प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने हो त भनेर सरकारलाई प्रश्न गरेका छन् । ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौँ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे । आजको युगमा सामाजिक सञ्जालको विकल्प सुधारिएको सामाजिक सञ्जाल हो, उनले लेखेका छन् ।’

प्रतिक्रिया दिनुहोस्