Logo

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरकाे सुझाव



काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन् ।

वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते पुन: स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा.युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताए । ‘जन्डिसका कारणले उहाँको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठिक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ’, उनले भने, ‘तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो ।’

डा.शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्