Logo

नेता सिंह भने, ‘यो सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायो’



काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

सिंहले तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए । “झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार,” सिंहले भने, “देश ठूलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।”

सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्