काठमाडौं, ५ मंसिर । पाकिस्तानमा आयोजना हुने नेत्रहीन टी –२० विश्वकपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रुपन्देही क्रिकेट संघले आज भैरहवामा एक कार्यक्रमबीच नेपाली टोलीको बिदाइ गरेको हो । संघका अनुसार नेपाली टोली बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तान गएको हो ।
नेपालीटिममा खेलाडी, अफिसियल, प्रशिक्षक, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । शुक्रबारबाट पाकिस्तानको लाहोर र मुल्तानमा हुने विश्वकपमा नेपाली टोलीलले प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानमा हुन लागेको नेत्रहीन टी –२० विश्वकपको यो चौँथो संस्करणको हो । ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार श्रीलङ्का विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै शनिवार बंगलादेशसँग दोस्रो खेल खेल्दा आईतबार अफगानीस्तानसँग खेल्ने तालिका छ । नेपाले लिग चरणको अन्तिम खेल इण्डिया विरुद्ध मंसिर १४ गते खेल्ने तालिका छ ।
तर इण्डियाले भने प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको क्रिकइन्फोले जनाएको छ । प्रतियोगितामा सहभागी हुन भारत सरकारले अनुमति नदिएसँगै इण्डियन टोलीले नाम फिता लिएको समाचारमा उल्लेख छ । केहिदिन अघि पाकिस्तानमा नै हुने च्याम्पीयन्स ट्रफिका लागि समेत इण्डियन टोलीलले पाकिस्तानको भ्रमण नगर्ने जनाएको थियो ।