काठमाडौं, २ असार। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक सय ५३ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएकाे हाे।
नेदरल्यान्डसका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए । साकिब जुल्फिकारले २५, विक्रमजित सिंहले ३०, माइकल लेभिटले २०, म्याक्स ओुडाउडले १९ र ज्याक लायन-क्याचेटले ११ रनको योगदान दिए ।
नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए।
नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।