सुनसरी, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरेका हुन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्याएका छन् ।
मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे देशको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गरेका छन् ।