Logo

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौँ आइपुगे



काठमाडौँ, २४ पुस । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौँ आएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए ।

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो । उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्