Logo

नेपालकै प्रस्तावमा एमसीसी आएको हो: गृहमन्त्री



काठमाडौँ, १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् ।

बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

उनले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण भएको उल्लेख गरे । यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम, बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे ।गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए ।

उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए । यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्