Logo

नेपालको आतिथ्यतालाई संसारभर फैलाउन जरुरी: श्रेष्ठ



काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने भएको छ ।

उक्त प्रयोजनका निम्ति शैक्षिक उन्नयन तथा प्राज्ञिक जनशक्ति विकासमा प्रतिष्ठित दुवै संस्थाले सहकार्यको समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेती र विश्वविद्यालयका प्राध्यापक देवी विडारीले सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा पर्यटनमन्त्री श्रेष्ठले पर्यटन उद्योगलाई समृद्ध बनाउन नेपालको मौलिक आतिथ्यता ९हस्पिटालिटी० र पहिचानलाई संसारभर फैलाउन जरुरी भएको उल्लेख गरे । उनले नेपाललाई संसारका पर्यटकको आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

पर्यटनमन्त्री श्रेष्ठले सरकारले मुलुकको आर्थिक समृद्धिको तीनमध्ये पर्यटनलाई महत्वपूर्ण आधार मानेको भन्दै पर्यटन उद्योगको विकास गरी देशको अर्थतन्त्र बलियो बनाउन र विदेशी मुद्रा आर्जन गर्ने सरकारी नीतिअनुरुप बजेट तथा कार्यक्रम समावेश गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्