काठमाडौँ, ११ भदौ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देश भित्रै रहेको बताएका छन् ।
शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पुनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान सकिए मुलुकको अस्तित्व नै सकिने भन्दै नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका हुन् ।
उनले तत्कालको लाभका लागि जस्तोसुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजग हुनुपर्ने समेत बताए । पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागी सवै एकजुट हुनुपर्ने जिकिर गरे ।







