झापा, १६ भदौ । झापाको बिर्तामोडमा नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ।
रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले निर्माण गरिएको यो एप आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सार्वजनिक गर्नुभएको हो ।
कम्पनीका सल्लाहकार रवी चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका संचालक नविन भण्डारीले गर्नुभएको थियो । कम्पनीको उदेश्य, सेवासुविधा तथा आगामी योजनाका बिषयमा कम्पनीका रविन थापाले प्रस्ट पार्नुभएको थियो ।
‘यहाँ छ’ (Yahaan Chha)’ प्लेटफर्मलाई नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ सेवा भएको दाबी गरिएको छ ।‘यहाँ छ’ प्लेटफर्मले नेपालभरिका फ्रीलन्सर र सेवाग्राहीलाई एउटै डिजिटल माध्यममार्फत जोड्ने उद्देश्य राखेको छ ।
उद्घाटन समारोहमा प्रस्तुत विवरण अनुसार यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सातवटा विभाग गठन गरिएको छ ।
ROOTDEVS सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको यो एपको सञ्चालकमा रविन थापा, योगेश भण्डारी, नवीन कार्की, गोपाल पौडेल र कुमार चापगाई रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, ‘यहाँ छ’ एप्स वंगलादेशका इलास खानलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रमकाबिच ‘यहाँ छ’ एप्स सञ्चालनमा सहयोग गरेको भन्दै ढुवानी व्यवसायी पदम श्रेष्ठलाई कम्पनीले सम्मानसमेत गरेको छ । श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गर्नुभएको थियो ।







