काठमाडौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको आरोप लगाएका छन् ।
शुक्रवार विश्व ॐ कार एकता महाअभियानको आयोजनामा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।
उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको बताए । उनले मन्त्रीहरूको बनाउने र आउँदो चुनावमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरूको चासोको विषय हुने गरेको जिकिर गरेका छन् ।
उनले भने, ‘नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्किएर गएको छ । आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ भन्नेमा विदेशीहरूको चासो र योजनाको विषय बन्न थालेको छ ।’







