काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् ।
सोमवार काठमाडौँमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उनले इतिहासमै पहिलो पटक नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन् ।
उनले सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसीसी र एसपीपी नेपालमा आइलागेको दाबी गरे । उनले नेपालमा राजनीतिक अस्थिरता दिन प्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गरेका हुन् ।
महासचिव चन्दले अहिले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरू राखेर भइरहेको बताए । उनले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरू मात्रै गरेको आरोप लगाएका छन् ।







