Logo

नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान चन्द्रगढीमा अवतरण



झापा, ६ माघ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापा आइपुगेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

बिहान काठमाडौँमा भिजिबिलिटी कम भएर अवतरण हुन नसक्दा विमान झापा डाइभर्ट भएको र अहिले मौसम सफा भएर काठमाडौँका लागि उडिसकेको सिटौलाको भनाइ छ ।

आज विहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्