Logo

नेपालगन्जमा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीद्वारा हवाई फायर



नेपालगन्ज, १९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सेल अश्रुग्यास र हवाई फायर गरेको छ । साथै, झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

अहिले सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । स्थितिलाई सामान्य बनाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्