भारत, २५ साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छन् ।
भारतीय संसदमा बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताएकी हुन् ।
उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ ।
खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोपलगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।







