Logo

‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछौँ’ 



भारत, २५ साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छन् ।

भारतीय संसदमा बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताएकी हुन् ।

उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ ।

खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोपलगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्