Logo

नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थलको खाँचो: प्रधानमन्त्री



 

बारा , १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थलको खाँचो रहेको बताएका छन् । शनिबार निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा पुगेका उनले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्