Logo

नेपालमा इमान्दारिताको खडेरी: सुदन किराँती



काठमाडौँ, २६ चैत । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताएका हुन् ।

राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनको भनाइ छ । उनले सार्वभौमसत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दु:ख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्