
काठमाडौँ, ८ माघ । अहिले नेपालमा २१ वटा वायुसेवा कम्पनी छन् ।
तीमध्ये नौ वटाले ‘फिक्स्ड विङ’ वायुयान अर्थात् सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा हवाईजहाज मात्रै, १२ वटाले रोटर विङ वायुयान अर्थात् हेलिकप्टर मात्रै र एउटा कम्पनीले दुवै खालका वायुयान उडाउँदै आएको प्राधिकरणले जनाएको छ ।
नेपालमा विमान दुर्घटना भएपछि अनुसन्धान गरेर सम्भावित कारण खोज्ने प्रयास हुने गरेको भए पनि दुर्घटना हुने क्रम रोकिएको छैन ।
सन् २०१२ देखि २०२१ सम्म विमान दुर्घटनाबारे अनुसन्धानपछि जाँचबुझ आयोगहरूले १७५ वटा सिफारिसहरू गरेका थिए ।
तीमध्ये १३१ वटा सिफारिस पूर्णत: पालना गरिएको र ११ वाट आंशिक रूपमा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रतिवेदनमा जनाएको छ । तर १९ वटा सिफारिस पालना नगरिएको र १४ वटा लागु गर्नुनपर्ने उसले जनाएको छ ।
तैपनि नेपालमा किन बारम्बार हुन्छ हवाई दुर्घटनारु यो प्रश्न नेपाली अधिकारी र नागरिक उड्डयन क्षेत्रमा रुचि भएका विज्ञले मात्र हैन सर्वसाधारण नागरिकहरूले पनि गरिरहेका छन् ।
यती एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएपछि नेपालको हवाई सुरक्षाबारे धैरले चासो व्यक्त गरेका छन् । नेपालको हवाई सुरक्षाबारे प्राधिकरणको उच्च नेतृत्वसँग सम्पर्क गर्ने प्रयास गरेको थियो ।
तर पोखरामा भएको दुर्घटनाबारे ‘अनुसन्धान भइरहेको र यो (कुरा गर्ने) उपयुक्त समय नभएको’ सन्देश पठाउँदै वरिष्ठ अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन् । बिबिसी नेपाली न्यूज







