Logo

नेपालमा केही गर्दा पनि नहुने: उपसभामुख



काठमाडौँ, १ मंसिर । उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गरेकी छन् ।

शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले भन्नि, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहाँ सफा गरेको छु । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरे । केही गर्दा नहुने के यो देश ?’

उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताइन् । हरेक मानिसले घर बनाउँदै जाने हाे भने नेपालमा खेतीका लागि खाली जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने काम रोक्नुपर्ने उनले बताएकी हुन् ।

दुई/तीन जनाका लागि हरेकले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्