काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् ।
उनले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने र अर्को अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गरेका हुन् ।
सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरू पर्खिएर बसेको बताए ।







