Logo

नेपालमा नेताहरूलाई कानुन लागेन: भण्डारी



काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको टिप्पणी गरेका हुन् ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान् ठान्ने नेताहरू सबै जेलमा हुने बताए । उनले नेपालको कानुनले नेताहरूसमक्ष आत्मसमर्पण गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्‍यौँ । तर नेपालमा कानुनले काम गरेको भए हामीले मानेका धेरै नेताहरू जेलमा हुन्थे । नेपालमा कानुनले काम नै गरेन । आत्मसमर्पण गरे ।’

प्रतिक्रिया दिनुहोस्