Logo

नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी



काठमाडौँ, २ असार । नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको विशेषज्ञ शेरबहादुर पुनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्