Logo

नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भयो टिकटक



काठमाडौं, २१ कार्तिक । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।

तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

तिहार अघि नै टिकटक दर्ताको निर्णय भए पनि तिहारपछिको बिदाको पहिलो दिन मङ्गलवार टिकटका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो ।

मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्