Logo

नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ: नरेन्द्र मोदी



भारत, १८ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

त्यस्तै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण अहिलेसम्म एक सय २९ जनाले ज्यान गुमाएका छन् । एक सय ४० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्