Logo

नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले: ओली



काठमाडौँ, १९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् ।

“नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।”

देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले थपे, “आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।”

अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुन: जागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्