Logo

नेपाललाई सामान्य लक्ष्य



केन्या, १३ भदौ । केन्यासँगको चौथो टी-२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो ।

उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका छन् ।

आजको खेल जितेमा नेपालले एक खेलअघि नै शृङ्खला जित्नेछ । पाँच खेलको टी-२० शृङ्खलामा नेपाल दुई-एकले अघि छ ।

प्रतिक्रिया दिनुहोस्