Logo

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि



काठमाडौँ, २२ फागुन । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटाएको हो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४ र साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्