काठमाडौँ, २४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ ।
खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।
नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ ।