Logo

नेपालले एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने



काठमाडौँ, २५ जेठ । नेपालले हङकङमा हुने एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ ।

नियमित तालिकाअनुसार नेपालले यो प्रतियोगिता खेल्न पाउने थिएन तर थाइल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

प्रतियोगिता जुन १२ देखि २१ अर्थात् यही जेठ २९ देखि असार ६ गतेसम्म हङकङमा हुँदैछ । एसियाली क्रिकेट परिषदबाट नेपाललाई बुधवार प्रतियोगिता खेल्ने प्रस्ताव आएकोमा नेपालले सजिलै स्वीकार गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्