भारत, २५ चैत । एसएमएस फ्रेन्डशिप कप टी-२० क्रिकेटको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।
गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाएका थिए ।
बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिएका थिए ।