Logo

नेपालले जित्यो क्यानडा एचपीविरुद्धको सिरिज



काठमाडौं, २२ असोज । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।

गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो ।

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र स्कटल्यान्डसहितको लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्