काठमाडौँ, २६ वैशाख । नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।
आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १-१ को स्थितिमा रहेको छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ’ए’ सँग श्रृङ्खला खेलिरहेको हो ।