काठमाडौँ, २४ वैशाख । नेपालले जिम्बाब्वे ‘ए’ सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ भने सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिइएको छ। हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ ।