Logo

नेपालले दियाे केन्यालाई १ सय ७६ रनकाे लक्ष्य



केन्या, १४ भदौ । केन्यासँगको पाँचौँ तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगोचे र नेहेमिह ओधिआम्बोले दुई-दुई विकेट लिएका थिए ।

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्