काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ ।
शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए ।
बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक-एक विकेट लिए ।